गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा गरेको छ ।
आइतबार सार्वजनिक गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार धनुषा, मकवानपुर, काँस्की, बारा, पाँचथर र अछामका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रसिदपराज कंडेललाई कारागार व्यवस्थापन विभागमा, मकवानपुरका सीडीओ नारायण प्रसाद भट्टलाई गृहमन्त्रालय तान्दै त्यहाँका दिपकराज नेपाललाई मकवानपुर पठाइएको छ।
ज्ञानप्रसाद ढकाललाई काँस्की र धनुषा सीडीओमा कोशहरि निरौलालाई सरुवा गरिएको छ । यस्तै धनकुटा, सिन्धुली र उदयपुरमा पनि सीडीओ फेरिएका छन् ।
प्रतिक्रिया