राजनीति


प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत

प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत

शैलेन्द्र महतो
चैत ४, २०७६ मंगलबार १०:६,

प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लगाउन भएको मतदानमा प्रस्तावित नाम ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ।

प्रदेश २ को प्रदेश सभामा मंगलबार भएको मतदानमा  नेकपाद्वारा प्रस्तावित नाम जानकीका पक्षमा जम्मा ३७ मत खसेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।

जम्मा १ सय ७ मतमध्ये ३७ मत मात्र प्राप्त भएकोले जानकी नाम अस्वीकृत भएको हो। अब नेपाली काँग्रेसद्वारा प्रस्तावित नाम मिथिला भोजपुरामा मतदान हुनेछ।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’, कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र केही सांसदले ‘मध्यमधेश प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छन्।

सबैभन्दा पहिले नामको विषयमा मतदान हुने र त्यसपछि राजधानीका विषयमा मतदान हुने बताइएको छ। जसमा नेकपाले राखेको ‘जानकी प्रदेश’बाट मतदान सुरु भएको हो। अन्य नाममा क्रमशः मतदान हुने बताइएको छ।

जुन नाममा नामका पक्षमा दुईतिहाइ पुग्छ सोही नाम सदर हुने प्रावधान छ।

प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन्। नामको टुंगोपछि आजै स्थायी राजधानीको टुंगो लगाउन पनि मतदान हुनेछ।

प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad