नेसपा (नयाँ शक्ति)को विद्यार्थी संगठन नेपाल समाजवादी विधार्थी युनियनले गरेको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नेताहरुले ऐक्यबद्धता जनाएका छन्।
विद्यार्थी संगठनका अध्यक्ष नेत्र चापागाईले काठमाडौँमा एक्लै उभिएर गरिएको आन्दोलनप्रति बुधबार दिउँसो २ बजे माईतिघर मण्डलमा पुगेर उनीहरुले ऐक्यबद्धता जनाएका हुन्।
ऐक्यबद्धता कार्यक्रममा नेसपा (नयाँ शक्ति)का संयोजक डा. बावुराम भट्टराई, पूर्वशिक्षा मन्त्री एवं रास्वापा नेता शिशिर खनाल, नागरिक पहिलो अभियानका संयोजक डम्वर खतिवडा, वेविकशिल साझा पार्टीकी महासचिव रन्जु दर्शना लगायतको उपस्थिति थियो।

141
Shares

प्रतिक्रिया