राजनीति


विचाराधीन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई कांग्रेसको आग्रह

विचाराधीन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई कांग्रेसको आग्रह

नेपालखबर
पुस १७, २०८१ बुधबार १८:४१, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलले संसदमा विचाराधीन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको छ।

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरुलाई यस्तो आग्रह गरेको हो। समितिमा रहेका विधेयकहरुको अवस्था र ती विधेयकहरु पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरुसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले जानकारी दिए। 

‘आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरुको सन्दर्भमा के, कस्तो अवस्था छ र ती विधेयकहरु समितिमा के कति कारणले पारित हुन सकेका छैनन्, आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधीन विधेयकहरुलाई अन्तिम टुंगोमा पुर्‍याउनका लागि नेपाली कांग्रेसले पार्टीका सांसदहरुसँग हामीले छलफल गरेका छौं,’ उनले भने।

उनले समितिहरुमा १५ वटा विधेयकहरु विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन सुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्‍याउन सांसदहरुलाई आग्रह गरिएको बताए। ‘समितिमा जतिसक्दो छिटो यी विधेयकहरुलाई अन्तिम टुंगोमा पुर्‍याएर संसदको अगामी अधिवेशनमा यी १५ वटै विधेयकहरु पारित गर्नको लागि हामीले माननीय सदस्यहरुसँग आग्रह गरेका छौं,’ परियारले भने, ‘उहाँहरुले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।’ 

गत बिहीवार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad