पूर्वमन्त्री जेपी गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्मम बन्न र नेपाल–भारत सीमानाका तत्काल ‘लक डाउन' गर्न माग गरेका छन्।
नेपालसँग सीमा जोडिएको भारतको बिहारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएपछि पूर्वमन्त्री गुप्ताले समाजिक सञ्जाल ट्विटरबाट प्रधानमन्त्रीलाई निर्मम हुन आग्रह गरेका हुन्।
उनले नेपालको यतिनजिक पहिलो मृत्यु भएको बताउँदै दशगजाको उत्तरमा कम्तीका १० किमीभित्र केही साताका लागि तत्काल कर्फ्यू लाउनुको बिकल्प नभएको बताएका छन्।
प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै उनले ट्विटमा लेखेका छन्, ‘बिहारको पटनामा एक ३८ वर्षीय युवाको कोभिड १९ बाट मृत्यू। भारतमा नेपालको यति नजिक पहिलो मृत्यू। ‘प्रधानमन्त्री ओलीबाट अब निर्मम भै निर्णय कार्यान्वयनको अपेक्षा भयो।नेपाल–भारत सीमा क्षेत्रमा दशगजा उत्तर (कम्तिमा १० किमी भित्र) केही साताका लागि तत्काल कर्फ्यू लगाउनुको विकल्प छैन।’
— Jp Gupta (@JpanandaJp) March 22, 2020बिहारको पटनामा एक ३८ बर्षिय युवाको #Covid19 बाट मृत्यू। भारतमा नेपालको यति नजिक पहिलो मृत्यू। @kpsharmaoli बाट अब निर्मम भै निर्णय कार्यान्वयनको अपेक्षा भयो।नेपाल-भारत सीमा क्षेत्रमा दशगज्जा उत्तर कम्तिमा १० किमी भित्र केही साताका लागि तत्काल कर्फ्यू लाउनुको बिकल्प छैन।
लगत्तै अर्को ट्विट गर्दै उनले बोर्डर पूरै लक डाउन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
‘काठमाण्डौँ–पटना २४० किमी, वीरगञ्ज–पटना १६०किमी, जनकपुर–पटना १२३ किमी, राजविराज–पटना १९० किमी र विराटनगर–पटना २३४ किमी, सबै सडक मार्गको दूरी, लगभग निर्वाध आवागमन। पटना जहाँ कोभिड १९ बाट पहिलो मृत्यूले टेक्यो’, उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली सर, अब निर्मम बन्नुस्। पुरै बोर्डर ‘लक डाउन’ गर्नुस्।
— Jp Gupta (@JpanandaJp) March 22, 2020काठमांडू-पटना २४० किमी, बीरगंज-पटना १६०किमी, जनकपुर-पटना १२३ किमी, राजबिराज-पटना १९० किमी र बिराटनगर-पटना २३४ किमी; सबै सडक मार्गको दूरी, लगभग निर्वाध आवागमन। पटना जहाँ #Covid_19 बाट पहिलो मृत्यूले टेक्यो।@kpsharmaoli सर, अब निर्मम बन्नुस्। पुरै बोर्डर #lockdown गर्नुस्।
भारतमा कोरोनाको संक्रमण फैलिँदै गएपछि नेपाल भित्रनेको संख्या बढ्दै गएको छ। नेपाल–भारत खुला सीमाका कारण सहजैरुपमा भारतमा रहेका नेपाली र भारतीय नागरिकहरु पनि नेपाल भित्रिएको भन्दै सीमानाका तत्काल बन्द गर्न चौतर्फि रुपमा माग उठेको छ।

प्रतिक्रिया