राजनीति


न्याय परिषद् सदस्यमा दामोदर खड्काको नाम संसदीय समितिबाट अनुमोदन

न्याय परिषद् सदस्यमा दामोदर खड्काको नाम संसदीय समितिबाट अनुमोदन

नेपालखबर
माघ २०, २०८१ आइतबार १७:३६, काठमाडौँ

न्याय परिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो।

बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाई समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा सिफारिस भएका दामोदर खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको बताइन्।

उनले भनिन्, ‘न्याय परिषद्को मिति २०८१, पुस २९ गतेको पत्रानुसार न्याय परिषद्को सदस्य पदमा सिफारिस हुनुभएका दामोदर खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको व्यहोरा यहाँहरुलाई जानकारी गराउँछु।’

समितिको बैठकमा आफ्नो कार्य विवरण प्रस्तुत गर्दै न्याय परिषद् सदस्यमा सिफारिस खड्काले समाजका सबै अग अवयवहरुले राम्रो कुरालाई अघि ल्याउनुपर्ने बताए। उनले छिटो छरितो न्याय सम्पदानका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताए।

नेपाल बार एसोसिएसनले संसदीय सुनुवाईको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस भएको पत्र समितिलाई पुसको २९ गते पठाएको थियो। 

न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ। ती दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एशोसिएशनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ। 

न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ।

सम्बन्धित खबरः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad