राजनीति


वर्तमान सरकार जेष्ठ नागरिकको महत्त्वप्रति सचेत छ : उपप्रधानमन्त्री पौडेल

वर्तमान सरकार जेष्ठ नागरिकको महत्त्वप्रति सचेत छ : उपप्रधानमन्त्री पौडेल

विष्णु पौडेल


नेपालखबर
माघ २१, २०८१ सोमबार १२:२४, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत रहेको बताएका छन्।  सोमबार गृहजिल्ला रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै पौडेलले जेष्ठ नागरिकका लागि भइरहेका कुराहरू पर्याप्त नभएको बताएका हुन्।  

'अहिलेको यो सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति एउटा सचेत सरकार हो। अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति जे गरेका छौँ, त्यो पर्याप्त छैन। हामी अझ धेरै गर्न चाहन्छौँ,' उनले भने, 'मैले यहाँ आएर हेरिरहँदा यसो गर्न पाए हुन्थ्यो, त्यसो गर्न पाए हुन्थ्यो भनेर धेरै कुरा मनमा खेले। सोचेका सबै पूरा हुँदैनन्। सोच्न धेरै कुरा सोचिन्छ, गर्नका निम्ति परिस्थितिले साथ दिनुपर्छ। गर्दै जानुपर्छ। सोचेको ठाउँमा पुग्नुपर्छ।'   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad