राजनीति


बेलायतका राजकुमारले आज दिउँसो राष्ट्रपतिसँग भेटवार्ता गर्ने

बेलायतका राजकुमारले आज दिउँसो राष्ट्रपतिसँग भेटवार्ता गर्ने

नेपालखबर
माघ २२, २०८१ मंगलबार ११:५६, काठमाडौँ

बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफियले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन्। 

सोफिय आज बिहानै काठमाडौँ आइसकेकी छन् भने उनका पति राजकुमार एडवार्ड केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। 

बिहान एयरपोर्टबाट सोफिय लैनचौरस्थित बेलायती दूतावास गएकी छन्। उनीहरु दुवैले दिउँसो पौने ४ बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको राष्ट्रपति पौडेलका सञ्चार संयोजक खिला कार्कीले जानकारी दिए। 

उनीहरु ६ दिनसम्म नेपाल भ्रमणमा रहने कार्य तालिका छ। नेपाल बसाइँको क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हुने कार्यक्रममा पनि सहभागि हुनेछन्। उनीहरु अन्नपूर्ण हिमश्रृंखलाको अवलोकनमा पनि जाने तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad