फिल्म ‘वरिष्ठ बलराम’ को घोषणा गरिएको छ। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर निर्देशक सुरेन्द्र पौडेलले पौडेलले फिल्मको औपचारिक घोषणा गरेका हुन्।
सामाजिक कथावस्तुमा आधारित यस फिल्ममा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा देखिनेछन्। पौडेलको चौथो निर्देशकीय रहने यस फिल्म पटकथा महेश दवाडीले लेखेका हुन्।
फिल्मको छायांकन भने आगामी फागुनको पहिलो साताबाट सुरू हुनेछ। यद्धपी कलाकारको चयन तथा प्राविधिक टोलीबारे निर्माण पक्षले जानकारी दिएको छैन। केही दिनमै सार्वजनिक गरिने टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ। फिल्मको छायाङ्कन तराईका विभिन्न स्थानमा गरिनेछ।
‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। यस फिल्मलाई २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
Shares

प्रतिक्रिया