राजनीति


गृहमन्त्री लेखकलाई कारबाही माग गर्दै दलित अधिकारकर्मी पुगे कांग्रेस मुख्यालय

गृहमन्त्री लेखकलाई कारबाही माग गर्दै दलित अधिकारकर्मी पुगे कांग्रेस मुख्यालय

कांग्रेस केन्द्रीय कार्यालय अगाडि खगेन्द्र सुनार। तस्बिर : सरोज बैजु


नेपालखबर
माघ २५, २०८१ शुक्रबार १४:२९, काठमाडौँ

अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र रामको जोडीलाई गृहमन्त्री रमेश लेखककै निर्देशनमा दमन भइरहेको विरोधमा दलित अधिरकार्मीहरू शुक्रबार सानेपास्थित नेपाली कांग्रेसको कार्यालय घेर्न पुगेका छन्।

दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको दलितका लागि दलित अभियानको संयोजनमा दलित अधिकारकर्मीहरू गृहमन्त्री लेखकको पार्टी कांग्रेसको मुख्यालय घेराउ गर्न पुगेका हुन्।

दलितका लागि दलित अभियानका संयाेजक सुनार प्रतीकात्मक हतकडी लगाएर कांग्रेस कार्यालय पुगेका थिए। त्यस क्रममा उनले गृहमन्त्री लेखकलाई कारबाही माग गर्दै पार्टी कार्यालयमा चेतावनी पत्र बुझाएका छन्। 

सुनारले जिल्ला प्रहरी परिसर, काठमाडौँमा गृहमन्त्री लेखकविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको बताएका छन्। 

यो विषय संसद्‌मा समेत प्रवेश गरिसकेको छ। सांसदहरूले गृहमन्त्री लेखकको जवाफसमेत मागेका थिए। 

गृहमन्त्रीले भने झारा टार्ने खालको जवाफ मात्र दिएका छन्। उनले यति मात्र भन्ने गरेका छन्- घटनामा मेरो हात छ भन्ने कुरा झुटा हो। 

अन्तरजातीय विवाह गरेका सत्येन्द्रकुमार राम र नेहा चौधरीले भने गृहमन्त्रीकै निर्देशनमा आफूहरूलाई मुम्बईसम्म पुगेर पक्राउ गरिएको र पटकपटक ज्यादती गरिएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad