राजनीति


‘उपेन्द्र यादव सरकारमा जानुहुन्छ जस्तो लाग्दैन, राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ’

‘उपेन्द्र यादव सरकारमा जानुहुन्छ जस्तो लाग्दैन, राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ’

नेपालखबर
माघ २८, २०८१ सोमबार १२:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल आफ्नो मुद्दालाई छोडेर सरकारमा सहभागी हुन जाने सम्भावना आफूले नदेखेको बताएका छन्।  जनकपुरधाम पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै जसपा, नेपाले आफ्नो अडान र मुद्दा छोड्ने विश्वास आफूले नगरेको बताएका हुन्। 

'उहाँ (उपेन्द्र) आफ्नो मुद्दालाई नै छाडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन। उहाँहरूले निर्णय गर्नै बाँकी छ। बैठकबाट निर्णय गर्नुहोला,' उनले भने, 'यदि उहाँहरूले आफ्नो अडान छाड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ।’

दाहालले संसद्‌को अधिवेशन बोलाउने समयमा अध्यादेश ल्याएकोमा आपत्ति जनाए। उनले भूमि अध्यादेशमा समावेश भएका प्रावधानहरू

सदन बोलाउने बेला अध्यादेश ल्याएको र भूमिलगायत अध्यादेशका अन्तरवस्तु गलत रहेको प्रचण्डको भनाइ छ। 

सरकारले राष्ट्रिययसभामा ६ वटा अध्यादेश पेस गरेको छ। विधेयकको पक्षमा प्रतिनिधिसभामा कांग्रेस-एमालेको स्पष्ट बहुमत रहे पनि राष्ट्रियसभामा जसपा, नेपाल निर्णायक छ। राष्ट्रियसभामा कांग्रेस, एमाले र लोसपाका २८ सांसद छन्। राष्ट्रियसभामा बहुमतका लागि पक्षमा ३० सांसद चाहिन्छ। ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका जसपाका तीन सांसद निर्णायक छन्।  

जसपा, नेपालले विधेयकको पक्षमा जाने या नजाने भनेर औपचारिक निर्णय नगर्दा सरकारको दबाबमा प्रतिनिधिसभामा सभामुख र राष्ट्रियसभामा अध्यक्षले निर्णयार्थ पेस गरेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad