आफ्ना पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि नेकपा एकीकृत समाजवादीले आज (बिहीबार) बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगन गरेको छ।
अब उक्त बैठक शुक्रबार बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बस्ने नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन्।
संविधान सभाका सदस्यसमेत रहेका एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्ज सापकोटाको उपचारका क्रममा आज बिहान काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा निधन भएको हो।
उनको पार्थिव शरीर एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा राखिएको जानकारी गराउँदै उपमहासचिव भट्टराईले श्रद्धाञ्जलीका लागि सबै केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।
495
Shares

प्रतिक्रिया