राजनीति


केन्द्रीय सदस्य थापा अमेरिकामा गिरफ्तार, रास्वपाद्वारा पुष्टि

केन्द्रीय सदस्य थापा अमेरिकामा गिरफ्तार, रास्वपाद्वारा पुष्टि

नेपालखबर
फागुन १८, २०८१ आइतबार १७:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा पक्राउ परेका छन्। रास्वपा नेता मनीष झाले थापा अमेरिकी अध्यागमनको हिरासतमा रहेको जानकारी प्राप्त भएको बताए।  

'रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ,' झाले भनेका छन्, 'आफूले केही कानुनी प्रक्रियाहरू समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन भनेर अलि पहिले निवेदन पनि दिनु भएको थियो।'

केन्द्रीय सदस्य थापाको नाम पार्टीको वेबसाइटबाट हटिसकेको रास्वपाले जनाएको छ।

थापा रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्रमध्येमा पर्छन्।  उनी एक हप्ताअघि नै पक्राउ परेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad