काठमाडौँ महानगरपालिकाकाले ट्राफिक व्यवस्थापनका लागि नगर प्रहरीलाई तालिम दिन सुरु गरेको छ।
महानगरभित्रको ट्राफिक व्यवस्थापनका लागि आज आइतबारदेखि १५ दिने तालिम सुरु भएको हो। तालिममा १८० जना नगर प्रहरी सहभागी भएको महानगरले जनाएको छ।
तालिमका आन्तरिक कक्षाहरू सैद्धान्तिक र वाह्य कक्षा प्रयोगात्मक हुने बताइएको छ।
'सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शब्दावलीहरू, संकेत तथा चिह्न र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोग, कूटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिनेछ' महानगरले भनेको छ।
Shares

प्रतिक्रिया