विभिन्न देशमा रहेका नेपालीलाई कोरोना संक्रमणका कारण कुनैपनि खालको समस्या नपर्ने वातावरण बनाउन सरकारले राजदूतहरुलाई निर्देशन दिएको छ।
बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम मन्त्री रामेश्वर राय यादवले राजदूतहरुसँग भिडियो कन्फ्रेन्स गरी यस्तो निर्देशन दिएका हुन्।
मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया, दक्षिण अफ्रिकाका राजदूतहरुलाई त्यहाँ रहेका नेपालीलाई आवश्यक सहयोग गर्न भनिएको हो।
श्रम मन्त्रीका प्रेस संयोजक विजय यादवका अनुसार श्रमिकहरु बेरोजगार भएपनि खान बस्न अप्ठेरो नहुने वातावरण मिलाउन भनिएको छ।
‘आफ्नो देशमा रहेका नेपाली नागरिकलाई केही अप्ठेरो प-यो भने सरकार छ भन्ने अनुभुति होस्,’ राजदूतहरुलाई भनिएको छ, ‘समस्या परेमा हामी छौं भन्ने गरी काम गर्नुहोस्।’
यसअघि दुई मन्त्रीले खाडीका देशमा कार्यरत राजदूतहरुसँग पनि भिडियो कन्फ्रेन्स गरेर यस्तै निर्देशन दिएका थिए।

प्रतिक्रिया