राजनीति


एमाले सबैभन्दा धनी पार्टी, कांग्रेस, माओवादी र रास्वपा घाटामा

एमाले सबैभन्दा धनी पार्टी, कांग्रेस, माओवादी र रास्वपा घाटामा

नेपालखबर
फागुन २१, २०८१ बुधबार १३:३, काठमाडौँ

निर्वाचन आयोगमा कायम रहेका १२१ वटा दलहरूमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन्। 

अन्य ३२ दलले अहिलेसम्म पनि प्रतिवेदन बुझाएका छैनन्। लेखा परीक्षण प्रतिवेदन समयमै नबुझाउने ती दलहरूलाई आयोगले काराबाहीको तयारी गरेको थालेको छ।

आयोगकी प्रवक्ता निता पौडेल अर्यालले दलहरूले लेखा परीक्षण प्रतिवेदन समयमै बुझाउनुपर्नेमा ३२ ओटाले अहिलेसम्म नबुझाएको बताए।

उनकाअनुसार समयमै त्यस्तो प्रतिवेदन नबुझाउने दललाई कारबाहीको तयारी समेत गरिएको छ।  उनले भने–‘निर्वाचन आयोगले अडिट रिपोर्ट नबुझाउने दलहरूलाई जरिवाना गर्न काराबाहीको प्रक्रिया अघि बढाउँदैछ। अहिलेसम्म कांग्रेस, एमाले, माओवादीसहितका ८९ दलले मात्रै विवरण बुझाएको देखिन्छ।’ 

उनकाअनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र दलहरूले आयव्ययसहितको अडिट रिपोर्ट निर्वाचन बुझाएर सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ। 

दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय-व्यय विवरणअनुसार नेकपा एमाले सबैभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ। 

निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी देखिन्छ। एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ। 

आयोगकाअनुसार उएमाले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिव ७ करोड बचत गरेको छ। यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो।

एमालेले आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरूबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ। त्यस्तै संसद्को ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि कमजोर देखिएको छ।

कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेस गरेको छ। उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ। खर्च ४ करोड देखाएको छ।

चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ संकलन गरेको थियो। त्यस्तै संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौँमा देखिएको छ। माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ। माओवादीले ५३ हजार घाटाको हिसाब देखाएको छ। 
 
त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ। रास्वपाको भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad