राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले फागुन २५ गते (आइतबार) पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निकालिएको र्याली 'ट्रायल'मात्रै भएको बताएकी छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले पूर्वराजालाई भूत भनेकोमा आपत्ति जनाइन्।
नेकपा (माओवादी केन्द्र) सांसद रणेन्द्र बरालीले 'भूत' भनेपछि उनले जवाफी प्रश्न गरिन्- लेनिनको भूत हो कि? माओवादीको भूत हो?
उनले अरू जिल्लाबाट पनि मानिस निस्कदाँ 'लुक्ने ठाउँ पनि नहोला' भन्दै चेतावनी दिइन्।
'राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावादको नारा उहाँले सुन्नुभएको थिएन होला,' उनले भनिन्, 'यो त मित्र ट्रायलमात्रै हो,' उनले भनिन्, 'अरू ७३ जिल्लाका मान्छे थपिए भने जुन भिड आउँछ, त्यो देखेर नआत्तिनुहोला। लुक्ने ठाउँ खोजेर बस्नुहोला।'
Shares

प्रतिक्रिया