यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा मोबाइलको लतले पार्ने असरको कथालाई समेटेको छ।
मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभाववरिपरि टिजर घुमेको छ।
‘झोला’ र ‘भोर’ पछि यो उनको तेस्रो निर्देशकीय फिचर हो। यस फिल्ममा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मुख्य भूमिका छ।
यसअघि भट्टराईले सती प्रथाको कथामा ‘झोला’ फिल्म निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी फिल्म ‘भोर’ बनाएका थिए।
‘झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्।
मिडिया फर कल्चर प्रालिको प्रस्तुति रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ। निमेश श्रेष्ठले फिल्मलाई सम्पादन गरेका हुन्। यो फिल्म आगामी वैशाख १९ गतेबाट रिलिज हुनेछ।
Shares

प्रतिक्रिया