समाजवादी मोर्चाको बैठक अहिले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका अध्यक्ष तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव, नेसपाका नेता महिन्द्र राय यादव, एकीकृत समाजवादीका नेता मेटमणि चौधरी लगायतका नेताहरु उपस्थित छन्।
गएको मंगलबार सबेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।
गएको आइतबार राजावादीले काठमाडौँमा प्रदर्शन गरेपछि मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो।
मोर्चाको संयोजकमा हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव छन्। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सहभागी छन्।
Shares

प्रतिक्रिया