राजनीति


गणतन्त्रलाई अझै बलियो बनाउनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

गणतन्त्रलाई अझै बलियो बनाउनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

नेपालखबर
चैत ९, २०८१ शनिबार १७:२२, तनहुँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्। नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार (चैत ९) दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटमा उनले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए।

वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उनले उल्लेख गरे। उनले राजतन्त्र पुनर्स्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे। उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुन नहुने बताए।

महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको बताए।

उनले पार्टी बलियो हुनुपर्ने र त्यसका निम्ति सबै कार्यकर्ताबीच एकता अपरिहार्य रहेको औँल्याए। एउटाले अर्को कांग्रेसीको अस्तित्व स्वीकार गर्नुपर्ने उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad