राजनीति


राम्रो काम गर्नेलाई लखेट्ने पराजित हुन्छन्: जनार्दन शर्मा

राम्रो काम गर्नेलाई लखेट्ने पराजित हुन्छन्: जनार्दन शर्मा

जनार्दन शर्मा, कुलमान घिसिङ र दीपक खड्का


नेपालखबर
चैत १२, २०८१ मंगलबार ११:४३, काठमाडौँ

पूर्वऊर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनेहरू अन्तत: पराजित हुने दाबी गरेका छन्। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउँदै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। सरकारको उक्त निर्णयविरुद्ध अहिले चौतर्फी विरोध भइरहेको छ।

यसै क्रममा पूर्वऊर्जामन्त्री शर्माले पनि मंगलबार बिहान सामाजिक सञ्जालमार्फत राम्रो काम गर्नेलाई लखेट्ने पात्रहरूले युद्ध जितेको आत्मसन्तुष्टि गरे पनि ती सधैँ पराजित हुने टिप्पणी गरेका हुन्। 

उनले लेखेका छन्, ‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्न चाहन्छु- राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेलावेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरे पनि ती सधैँ पराजित नै हुन्छन्।’

पहिलो कार्यकाल सकिएपछि कुलमान २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए। जतिबेला नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल ऊर्जमान्त्री थिइन्। 

कुलमानको दोस्रो कार्यकाल २०८२ साउन २४ गते सकिँदै थियो। तर सरकारले त्यसअघि नै उनलाई हटाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad