खेल


एनसेल एनएसएलको अवसरमा मैत्रीपूर्ण फुटबल खेल आयोजना

एनसेल एनएसएलको अवसरमा मैत्रीपूर्ण फुटबल खेल आयोजना

नेपालखबर
चैत १२, २०८१ मंगलबार ११:४८, काठमाडौँ

एनसेलले यही शनिबार (चैत १५)बाट सुरु हुने बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेल मैदानमा एक मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ।

तीन टिमको सहभागिता रहेको यो मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको एनसेलले जनाएको छ।

सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पूर्वराष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो। यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ का साथ १ गोलको अन्तरले हराएको थियो । 

एनसेल एनएसएलको अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो। यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो।

शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आबद्ध छ। यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘एनएसएलसँग एनसेलको यो सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने कुरामा हामी विश्वस्त छौँ’, एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।

एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ।

एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ।

एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ। विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो। प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पु¥याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले योगदान पुर्‍याउँदै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad