काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार भएको छ।
राजावादी समर्थकहरूले निषेधिक क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ आउन खोजेपछि धकेलाधकेल भएको थियो। भिड अनिन्यत्रित तरिकाले अघि बढ्न र प्रहरीमाथि जाइलागेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
भिडले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेको छ। यसअघि प्रहरीले भिड नियन्त्रणका लागि पानीको फोहोरा प्रहार गरेको थियो।
राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौँको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्याली निकालेको छ।
प्रदर्शनकारीलाई प्रशासनले तीनकुनेमा सभा गर्न ठाउँ उपलब्ध गराएको हो।
249
Shares

प्रतिक्रिया