नेपाल समाजवादी पार्टीका अध्यक्ष महीन्द्र राय यादवले समावेशी र समानुपातिक व्यवस्था वर्तमान संविधानको खम्बा भएको बताएका छन्।
समाजावादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्दै यादवले संविधानको समावेशिता र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कमजोर पार्ने प्रयास सत्ताधारीहरुले गरिरहेको आरोप लगाए।
‘समावेशी र समानुपातिक व्यवस्था हटाए संविधानको जग कमजोर हुन्छ,’ उनले भने, ‘समाजवादतिर देशलाई अगाडि बढाउन संघियता, समावेशिता र समानुपातिक प्रणालीलाई अझ बलियो बनाउनु पर्छ।’
उनले संविधानको संशोधन हुँदा शासकीय स्वरुप परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी व्यवस्था कायम गरिनुपर्नेमा पनि जोड दिए।
समृद्धि र सुशासनतिर मुलुकलाई अघि बढाउन समाजवादी मोर्चाले सरकारलाई खबरदारी गरिरहेको उनको भनाई छ।
Shares

प्रतिक्रिया