राजनीति


नवराज सुवेदी स्वीकार नगरेका कमल थापाले जगमान गुरुङलाई साथ दिने

नवराज सुवेदी स्वीकार नगरेका कमल थापाले जगमान गुरुङलाई साथ दिने

नेपालखबर
चैत २५, २०८१ सोमबार १७:८, काठमाडौँ

कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बनाइएको डा.जगमान गुरुङको संयोजकत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’लाई सर्मथन गर्ने भएको छ। 

राप्रपा नेपालको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त समितिले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुन  पार्टीका कार्यकर्ता,सहयोगी र शुभचिन्तकहरुलाई आग्रह समेत गरेको छ। 

‘हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको पुनःस्थापना गर्न तथा विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन डा. जगमान गुरुङको संयोजकत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन’ समितिलाई राप्रपा नेपालले पूर्ण रूपले सहयोग र समर्थन गर्नेछ,’ राप्रपाले भनेको छ, ‘उक्त समितिले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुन राप्रपा नेपाल पार्टीका कार्यकर्ता,सहयोगी र शुभचिन्तकहरुमा राप्रपा नेपाल आग्रह गर्दछ।’ 

आन्दोलन समितिको नेतृत्व नवराज सुवेदीले गर्दा भने उनले सहयोग गरेका थिए। समितिमा आफूलाई सदस्यका रुपमा राखेपछि थापाले समितिमा बस्न अस्वीकार गरेका थिए। तर, चैत १५ गते दुर्गा प्रसाईंले गरेको कार्यक्रममा हिंसा भड्किएपछि सुवेदी घरमै नजरबन्दमा छन्। 

सुवेदी नजरबन्दमा परेपछि गुरुङलाई कार्यवाहाक संयोजकका रुपमा अघि सारिएको थियो। त्यस्तै राप्रपाले ‘अहिले योजनावद्ध र संगठित रुपले राजा, हिन्दुराष्ट्रको मान्यता र राजसंस्था सहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्ने, निषेध गर्ने तथा उक्त बिचारका पक्षधरहरुलाई हतोत्साहित तुल्याउने षडयन्त्र भईरहेको’ समेत ठहर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad