राजनीति


सभामुख घिमिरे स्वदेश फिर्ता

सभामुख घिमिरे स्वदेश फिर्ता

नेपालखबर
चैत २८, २०८१ बिहिबार १९:२४, काठमाडौँ

अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भइ सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन्।

उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी सभामुख घिमिरेसहतिको नेपाली प्रतिनिधि मण्डल बिहीबार अपरान्ह नेपाल आइपुगेको हो। 

नेपाल अवतरण गर्दै सभामुख घिमिरेले उज्वेकिस्तान भ्रमण फलदायी दाबी गरे। उनले अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास र न्यायमा संसदको पहलका विषयमा गम्भीर रुपमा छलफल भएको बताए। उ

सभामुख घिमिरेले समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र सामाजिक असमानताका विषयमा विचार विमर्श भएको बताए। सभालाई सम्बोधन गर्दै आफूले नेपालले भोगिरहेका समस्या र समावेशिताको अभ्यासबारे विश्व जगतलाई जानकारी गराएको समेत जानकारी दिए। 

उनले अन्तरव्यवस्थापिका संघको वार्षिक सभाले मध्यपूर्व भइरहेको युद्धलाई शान्तीपूर्ण ढंगबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको समेत उल्लेख गरे।

उनले भने, ‘समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र समाजमा अहिले पनि भइरहेका असमानताका कुराहरुमा विचार विमर्स प्रशस्त भयो । र नेपालको तर्फबाट पनि जेनेरल डिबेटमा यो प्रतिनिधि मण्डलको तर्फबाट मैले आफ्नो मन्तव्य राखेँ। र त्यो मन्तव्यमा हामीले भोगिरहेका समस्याका अतिरित्त हामीले समानताका लागि विधायिकी ठाउँमा राम्रो कामहरु गर्न एक हदसम्म सकेको र समावेशीका हिसाबले सबै धर्म जाताजातिहरुलाई समावेश गर्न सकेको अनुभवहरु हामीले राख्यौँ।’

सभामुख घिमिरेले थपे, ‘अर्कातिर विभिन्न समितिलेहरुले छलफल गरेर ल्याएको निष्कर्षमा पनि खासगरि मध्यपूर्वमा उत्पन्न भइरहेका समस्याहरु, इजरायल र प्यालेस्टाइनको बीचमा भइरहेको युद्धलाई अन्त्य गर्नको लागि दुई राष्ट्रको मान्यता दिएर र त्यहाँको युद्धलाई शान्तीपूर्ण ढंगबाट समाधान गर्नुपर्छ भन्ने निष्कर्षमा पनि गहनका साथ छलफलहरु भए।’

उनले एसिया प्रशान्तको क्षेत्रीय दिगो विकास समितिमा नेपालको तर्फबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य र स्वास्थ्यसँग सम्बन्धित समितिमा प्रतिनिधि सभा सदस्य सोविता गौतम निर्वाचित भएको जानकारी दिए। भ्रमणको क्रममा जलवायु परिवर्तनको कारण पारिरहेको असरहरूको बारेमा समेत अन्य राष्ट्रहरुलाई जानकारी र सचेत गराइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad