राजनीति


प्रधानमन्त्रीलाई कांग्रेस सांसदको खुला पत्र– शिक्षकको शालिनतालाई कमजोरी ठानिएको हो?

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको खुला पत्र– शिक्षकको शालिनतालाई कमजोरी ठानिएको हो?

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार १४:३५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन जीवन परियारले  विगत २ हप्तादेखि शिक्षकहरुले गरेको काठमाडौँकेन्द्रित आन्दोलनबारे सरकारले सुनुवाइ नगरेकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

सोमबार खुला पत्र लेख्दै उनले नेपाल शिक्षक महासंघसंग विगतमा सरकारले पटक –पटक सम्झौता गरेको विषय स्मरण गराएका छन्। परियारले के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होईन भन्दै प्रश्न गरेका छन्। 

यस्तो छ परियारले लखेको पत्र :

सम्माननीय प्रधानमन्त्रीज्यू
जय नेपाल 

विषयः नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला पत्र।

नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगतनै छ। नेपाल शिक्षक महासंघसंग विगतमा सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु। महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेकोछ। 

पार्टीको तर्फबाट अनौपचारिकरुपमा सरकारका सरोकारबाला मन्त्रीहरुसंग बारम्बार छलफल भएको नै छ। तथापि, आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ। 

भोलिबाट २०८२ साल प्रारम्भ हुँदैछ। आम नेपाली जनता नयाँबर्ष आ–आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरु माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
सरकार किन गम्भीर हुँदैन? के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होईन? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १-२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसंग समेत जोडदार माग रहनेछ।

जीवन परियार
प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad