राजनीति


गठबन्धनमा असन्तोष बढेका बेला ओली-देउवा छलफल, चाँडै संयन्त्रको बैठक बोलाउने

गठबन्धनमा असन्तोष बढेका बेला ओली-देउवा छलफल, चाँडै संयन्त्रको बैठक बोलाउने

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८२ मंगलबार १४:५८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।

सरकारको कामकारबाहीको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापासहित नेताले आलोचना गरिरहेका बेला दुई नेताबीच आज मंगलबार बिहान ११ बजे बालुवाटारमा छलफल भएको हो। 

छलफलमा सरकारका कामकारबाही तथा सत्तागठबन्धनको विषयबारे कुरा भएको नेताहरूले बताएका छन्। 

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले दुई नेताको भेट सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेपालखबरलाई जानकारी दिए। उनले भने, 'सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा कुरा भएको हो। दुई नेता मात्रै हुनुहुन्थ्यो। संयन्त्रको बैठक डाक्ने कुरा भएको छ।'

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि दुई नेताबीच नियमित भेट भइरहने र आज पनि त्यसकै निरन्तरता भएको दाबी गरे। उनले भने, 'नियमित भेट भइरहेको हुन्छ। आज पनि त्यही भएको हो। उहाँहरू ४५ मिनेटजति बस्नुभयो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad