राजनीति


मन्त्रिपरिषद्को बैठक सुरू

मन्त्रिपरिषद्को बैठक सुरू

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १८:२०, काठमाडौँ

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। आजको बैठकमा २० दिनदेखि आन्दोलनरत शिक्षकका मागमाथि छलफल गरेर निर्णय हुने बताइएको छ। 

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेबारे प्रस्ताव लैजाने र त्यसमाथि छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ।

सरकारले विद्यालय शिक्षा ऐन बाहेक शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गर्दै आएको छ।

तर, मन्त्रिपरिषद् बैठक बस्नुअघि नै  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिइसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad