राजनीति


परीक्षामा निजामती कर्मचारी खटाउने निर्णयको विरुद्धमा उत्रियो ट्रेड युनियन

परीक्षामा निजामती कर्मचारी खटाउने निर्णयको विरुद्धमा उत्रियो ट्रेड युनियन

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १८:३१, काठमाडौँ

निजामती कर्मचारी ट्रेड युनियनले सरकारले कक्षा १२ को परीक्षा सञ्चालनका लागि निजामती कर्मचारी खटाउने निर्णयप्रति आपत्ति जनाएको थियो। 

आज मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरू वैशाख ११ देखि हुने कक्षा १२ को परीक्षा सञ्चालनमा निजामती कर्मचारी परिचालन गर्ने निर्णयप्रति असहमति जनाएका हुन्।  

नेपाल निजमती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले भने, 'कक्षा १२ को परीक्षामा निजामती कर्मचारी परिचालन गर्न खोजिएको छ। यसमा हाम्रो असहमति छ।' 

उनले शिक्षकको आन्दोलन र मागप्रति ट्रेड युनियनको समर्थन रहेको बताए। सरकारले निजामती कर्मचारी परिचालन गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेर शिक्षकका माग कमजोर बनाउन खोजिएकोमा पनि आपत्ति जनाए।   

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले पनि कटुवालले जस्तै आपत्ति जनाए। उनले भने, 'सरकारले अन्तिम हतियारको रुपमा निजामती कर्मचारीलाई परिचालन गर्न खोजेको प्रष्ट भयो। यो ठिक भएन।'

उनले कर्मचारी र शिक्षकलाई गुणस्तरीय कानुन बनाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad