प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ०५८ मा राज्य सत्ता हातमा लिँदा टेलिफोनको तार अहिलेसम्म फिर्ता नगरेको आरोप लगाएका छन्।
‘हामीले देखेका छैनौँ, अस्ति ०५८ सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा,’ ओलीको भनाइ छ, ‘हामी सबैलाई थुनेर। टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो। कस्तो मूर्ख होला। लाइन काटेपछि त सकियो नि। तार अहिलेसम्म फिर्ता गरेका छैनन्, ज्ञानेन्द्र शाहले। कहाँ लग्या हो कहाँ लग्या हो।’
पूर्वराजा शाहलाई मूर्खको संज्ञा दिँदै उनले विगतमा फालिसकेको र सयौँ वर्ष देशलाई अन्धकारमा राखि जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु फेरि सल्बलाएको टिप्पणी गरे।
‘अब नयाँ पनि देखिए। फेरि हामीले फालिसकेका सयौँ वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु अहिले फेरि प्रतिक्रियावादी शक्तिहरु फेरि प्रतिगमन गरेर आउन खोजिरहेका छन्। कत्रो आँट होला। २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे। २१ औं शताब्दीमा श्रीपेच लगाएर। महाराजधिराज भएर। हामीलाई हुकुम दिने अरे। जनता भन्दा माथि, संविधान भन्दा माथि। देश भन्दा माथि।’
Shares

प्रतिक्रिया