राजनीति


सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा, ६ प्रदेशमा प्रमुख परिवर्तन

सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा, ६ प्रदेशमा प्रमुख परिवर्तन

उजिर कार्की
बैशाख ११, २०८२ बिहिबार १७:३८, काठमाडौँ

सशस्त्र प्रहरी बलका १२ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। बिहीबार गृह मन्त्रालयले ६ वटा प्रदेशका प्रमुख हेरफेर गर्दै सरुवा निकालेको हो। 

सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपाने कोसी प्रदेशको बराह बाहिनीमा सरुवा भएका छन्। डीआईजी कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी, अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा भएका छन्। 

कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा गरिएको छैन। सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन्। यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा गरिएको छ। 

छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्। अब सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मा धौवजीले नै पाउनेछन्। 

गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तीनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाल वैद्यनाथ बाहिनीमा सरुवा भएका हुन्। 

वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोतमा सरुवा गरिएको छ। कार्य विभागमा कार्यरत पुरुषोत्तम थापा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad