राजनीति


८६ वर्षीय सुवेदी भन्छन् : राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र निर्माण गर्न सक्षम छु

८६ वर्षीय सुवेदी भन्छन् : राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र निर्माण गर्न सक्षम छु

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १९:२६, काठमाडौँ

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

उनले राजसंस्था पुनर्स्थापना हुनुपर्ने, नेपाल हिन्दू राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायतका माग रहेको बताए।

संयोजक सुवेदीले आफूहरूले शान्तिपूर्ण आन्दोलनका मार्फत् आफ्ना कुरा राख्न चाहेको जिकीर गरे। शान्तिपूर्ण विरोधका कार्यक्रममा कसैले आक्रमण गर्छ भने आफूहरु प्रतिकार गर्न तयार रहेको उनको भनाई थियो।

उनले भने, ‘जबसम्म यो  देशमा राजसंंस्थाको स्थापना हुँदैन, हिन्दू राष्ट्र नेपाल हुँदैन र यो संघीयता खारेज हुँदैन र बहुदलीय प्रजातन्त्र हाम्रो चार पाँचवटा माग छ यो माग पूरा नहुन्जेल यो कन्टिन्यु भइरहन्छ’ उनले भने, ‘हामी शान्तिपूर्ण आफ्ना कुरा राख्न चाहन्छौँ। विरोध गर्न चाहन्छौँ। कसैले हामीमाथि आइलाग्छ भने हामी पनि दही जमाएर बस्दैनौँ।’

राष्ट्रिय झण्डाको दुरुपयोग गरी आन्दोलन गरेको भन्ने आरोप छ नि भन्ने पत्रकारहरूको प्रश्नमा उनले राष्ट्रिय झण्डा बोक्ने मान्छेलाई झण्डाको दुरुपयोग भन्ने मान्छे नै अराष्ट्रिय भएको तर्क गरे। पहिला देशलाई सुरक्षित बनाएर आफ्ना आफ्ना झण्डामुनि बसेर राजनीति गर्नुपर्ने उनको भनाइ छ।

सुवेदीले भने, ‘यहाँ आफ्नो आफ्नो पार्टीका झण्डा होइन, पहिले राष्ट्रलाई बचाऔँ, राष्ट्रलाई समुन्नत बनाऔँ। राष्ट्रलाई सुरक्षित राखौँ अनि पार्टी खोलौँ। आफ्नो झण्डा लिऔँ अनि झगडा त्यसपछि गरौँला, अहिले राष्ट्रिय झण्डा। राष्ट्रिय झण्डा बोकेर हिडेको मान्छेलाई जस्ले राष्ट्रिय झण्डाको दुरुपयोग भन्छ त्यो मान्छे आफै राष्ट्रिय होइन, अराष्ट्रिय ह।’

संयोजक सुवेदीले विश्वका धेरै देशमा वृद्ध अवस्थाका नेताहरुले धेरै ठूला कामहरू सफल पारेको तर्क गर्दै आफूले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र नेपाल र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न आफू सक्षम रहेको जिकिर गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad