ग्लोबल


भाजपाका राजा इकबाल सिंह बने दिल्लीका नयाँ मेयर

भाजपाका राजा इकबाल सिंह बने दिल्लीका नयाँ मेयर

राजा इकबाल सिंह


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १९:३१, काठमाडौँ

भारतको दिल्ली महानगरपालिकाको मेयरमा भारतीय जनता पार्टी (भाजपा) का पार्षद् राजा इकबाल सिंह विजयी भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार चुनावको नतिजा शुक्रबार घोषणा गरिएको हो।

दिल्ली एमसीडी मेयरको चुनाव जितेपछि भाजपा नेता राजा इकबाल सिंहले भने, ‘म प्रधानमन्त्री मोदी, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवा र अन्य पार्टी नेताहरूलाई धन्यवाद दिन चाहन्छु।’

उनले थपे, ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु- म सत्तारुढ दल, विपक्षी र कंग्रेससँग मिलेर काम गर्नेछु। दिल्लीको विकासका लागि बिनाभेदभाव निर्णय गर्नेछु।’

आम आदमी पार्टीले यो चुनाव बहिष्कार गरेको थियो। यसकारण आम आदमी पार्टीबाट कसैले पनि उम्मेदवारी दिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad