राजनीति


बालुवाटारमा ओली-देउवा भेटवार्ता, सरकार परिवर्तनको हल्ला ‘निराधार’

बालुवाटारमा ओली-देउवा भेटवार्ता, सरकार परिवर्तनको हल्ला ‘निराधार’

नेपालखबर
बैशाख १४, २०८२ आइतबार ०:२६, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि पौडेलको भनाइ छ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

देउवा थाइल्यान्डको ब्यांककबाट फर्किएपछि उनीहरुबीच पहिलोपल्ट भेटवार्ता भएको हो।

परराष्ट्रमन्त्री आरजु राणासहित देउवा थाइल्यान्ड भ्रमण (वैशाख ८-१२) बाट शुक्रबार फर्किएका थिए। 

कांग्रेसले सरकारको साथ छाड्न लागेको हल्ला चलेपछि ओलीले यसअघि देउवा थाइल्यान्डमै हुँदा टेलिफोन संवाद गरी जानकारी माग गरेका थिए। देउवा दम्पतीले स्वदेश फर्कने क्रममा पनि त्रिभुवन विमानस्थलमा यही प्रश्नको सामना सञ्चारकर्मीहरुबाट सामना गरेका थिए।

राणाले सरकार परिवर्तनको खबर मनोरञ्जनका लागि फैलाउने गरेको प्रतिक्रिया दिएकी थिइन् भने देउवाले यसबारे आफूलाई जानकारी नभएको जवाफ फर्काएका थिए।

कांग्रेस र एमालेबीच पछिल्लो समय गभर्नर नियुक्तिको विषय पेचिलो बनेको छ। 

शिक्षक आन्दोलनदेखि नेविसंघले बालुवाटारमा गरेको प्रदर्शनलाई लिएर पनि ओली कांग्रेससँग सशंकित छन्। केही दिनयता कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त ओली सरकार ढल्ने भनी ठोकुवा गर्दै हिँडेका छन्। उक्त पार्टीका अन्य नेताहरु पनि सरकारमा जाने अवस्था आउनै लागेको भनेर भाषण गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad