राजनीति


पूर्वराजा र उनका संवाद सचिवलाई कारबाही गर्न एमालेको माग

पूर्वराजा र उनका संवाद सचिवलाई कारबाही गर्न एमालेको माग

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १२:४३, काठमाडौँ

नेकपा (एमाले)का सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग गरेका छन्। आज आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद गैरेले वक्तव्यमा 'श्री ५ को सरकार' लेखिएको भन्दै कारबाहीको माग गरेका हुन्।

जम्मू–कश्मीरमा भएको आक्रमणबारे शनिबार संवाद सचिव डा. फणिराज पाठकबाट प्रकाशित वक्तव्यको शीर्षकमा 'श्री ५ महाराजाधिराज' लेखिएको भन्दै उनले आपत्ति जनाए। 

'नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव भन्ने कहाँ छ? यो लेख्न पाइन्छ कि पाइँदैन? यो संसद्, संविधानको सर्वोच्चता, कानुनी राज्यको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन?,' उनले भने, 'त्यसकारण संवाद सचिवका रूपमा नाम रहेका फणिराज पाठक र यो संवेदना लेख्न बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस्।'

त्यस्तै एमालेकै अर्का सांसद ईश्वरबहादुर रिजालले राजतन्त्रसहितको हिन्दूराज्यको नारा चर्काइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चुनौती दिए। रिजालले राप्रपाकै पूर्वअध्यक्ष पशुपतिशमशेर राणालाई ‘किन श्री ३ नबनाउने?’ भन्दै प्रश्न गरे।

'तत्कालीन राजा त्रिभुवन र मोहनशमशेरको सम्झौताबाट राणाशासन अन्त्य भयो। ०६५ जेठ १५ बाट श्री ५ समाप्त भयो। अहिले आएर श्री ५ फर्कन्छ भने श्री ३ किन नफर्किने ?,' प्रतिनिधिसभा बैठकमा आइतबार प्रश्न गर्दै रिजालले भने, 'ज्ञानेन्द्रका नाति हृदयन्त्र (शाह)लाई श्री ५ बनाउने हो भने राप्रपाले मोहनशमशेरका नातिलाई न्याय गर्नुपर्‍यो। पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्‍यो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad