राजनीति


राप्रपालाई कांग्रेसको चुनौती: सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर

राप्रपालाई कांग्रेसको चुनौती: सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १२:५३, काठमाडौँ

नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्ना सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर्न चुनौती दिएको छ। आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई यस्तो चुनौती दिएका हुन्। 

गत चैत १५ गते राजावादीको प्रदर्शनमा आएका प्रदर्शनकारीले भाटभटेनी सुपर्मार्केट तोडफोड गरी सामान पनि लुटेका थिए। यसै विषयलाई लिएर राप्रपाका अध्यक्ष लिङ्देनले भाटभटेनीको रक्सी चोर्न कांग्रेसका सहमहामन्त्रीका छोरा पुगेको र प्रहरीले उनलाई पक्राउ परेको केही घण्टामै छोडेको आरोप लगाएका थिए। गएको शुक्रबार संसद् बैठककै लिङदेनले कांग्रेस सहमहामन्त्रीको छोरालाई चैत १५ गतेको घटनामा पक्राउ गरेर छाडिएको बताएका थिए ।

लिङ्देनको उक्त भनाइलाई कांग्रेसले प्रमाणित गर्न चुनौती दिएको हो। 
 
'सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भनिन्छ । त्यसैले नेपाली कांग्रेसलाई इंगित गरेको भनी बुझ्न गाह्रो भएन । सहमहामन्त्री आठजना हुनुहुन्छ,' उनले भने, 'कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो प्रमाणित गर्न आग्रह गर्दछु।'

प्रमाणित गर्न नसके शब्द फिर्ता लिएर क्षमयाचना गर्नुपर्ने उनको माग छ। प्रमुख सचेतक घिमिरेले झुटा अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पनि बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad