राजनीति


केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १४:३२, काठमाडौँ

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेस भएको छ।

सभाको आइतवारको बैठकमा समिति सभापति बिमला सुवेदीले उक्त प्रतिवेदन पेस गरेकी हुन्।

विधेयकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग लगायत अन्य आयोगसम्बन्धी ऐनमा विद्यमान संविधान प्रतिकुलका प्रावधानहरू संशोधन गर्ने उल्लेख गरिएको छ। 

शिक्षा ऐन, विदेशी विनियम ऐन, स्थानीय प्रशासन ऐन, बोनस ऐन, जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन, नेपाल विद्युत प्राधिकरण ऐनलगायतका ऐनहरूलाई संघीयता अनुकुल बनाउने प्रावधान पनि विधेयकमा समावेश गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad