राजनीति


कश्मीर घटनालाई लिएर पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको भन्दै माओवादी सांसदको आपत्ति

कश्मीर घटनालाई लिएर पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको भन्दै माओवादी सांसदको आपत्ति

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८२ सोमबार १२:२५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जम्मु-कश्मीर घटनालाई लिएर पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको भन्दै त्यसको आलोचना गरेका छन्।

सोमबर प्रतिनिसधासभा बैठकमा बोल्दै उनले मुस्लिम समुदाय लक्षित कतिपयको अभिव्यक्तिको समेत आलोचना गरे।

‘दक्षिण एसियाकै बढी सेना परिचालन हुने ठाउँ, जहाँ १० जना नागरिक बराबर एकजना सैनिकको जिम्मा हुन्छ,’ घर्तीले भने, ‘जम्मु-कश्मीरमा भएको आतंकी हमलाबाट ज्याउन गुमाउने सुदीप न्यौपाने लगायत सम्पूर्णप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त आक्रमणको घोर भत्र्सना गर्दछु।’

उनले थपे, ‘स्वतन्त्रताको नाममा पाकिस्तानी दूतावासका अगाडि जुलुस प्रदर्शन र कतिपय व्यक्तिहरुबाट मुस्लिम समुदायप्रति धार्मिक असहिष्णुता बढाउने सामाजिक सद्भाव होइन...।’

जम्मु-कश्मीर घटनाको विरोध गर्र्दै शनिबार राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावासअगाडि प्रदर्शन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad