राजनीति


संसारभर रहेका नेपालीको अवस्था ख्याल गर्न केसीको आग्रह

संसारभर रहेका नेपालीको अवस्था ख्याल गर्न केसीको आग्रह

नेपालखबर
चैत १९, २०७६ बुधबार ९:४३,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय सीमामा अलपत्र रहेका नेपालीको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्। 

लकडाउनको अवस्थामा सम्बन्धित देशले नै त्यहाँ रहेका नागरिकहरुको व्यवस्थापन गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकल स्मरण गराउँदै अध्यक्ष अध्यक्ष केसीले भारतसहित विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे सरकारले चासो राख्नुपर्ने बताएका छन्।

अध्यक्ष केसीले बुधबार एक वक्तव्य प्रकासित गरी भनेका छन्, ‘विश्व स्वास्थ्य संगठन प्रोटोकल व्यवस्था अनुसार अहिले संसारमा जुन प्रकारको स्थिति उत्पन्न भएको छ, त्यो अवस्थामा कुनै पनि देशमा भएका विदेशी नागरिकहरुलाई सम्बन्धित देशहरुले नै व्यवस्था गर्नुपर्दछ। त्यस अनुसार भारत मात्र होइन, संसारका सबै देशहरुमा भएका नेपालीहरुको समुचित व्यवस्था भएको छ कि छैन? त्यसबारे आवश्यक ध्यान दिनाको लागि हामीले सरकारसित अनुरोध गर्दछौँ।’

उनले सीमा क्षेत्रमा अलपत्र रहेका नेपालीको पनि तत्काल समुचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘नेपाल–भारतको बिभिन्न सीमाहरुमा रोकिएर बसेका नेपालीहरुको समुचित व्यवस्था र समस्या समाधानका लागि पनि आवश्यक ध्यान दिन हामीले सरकारसँग अनुरोध गर्दछौँ’ केसीले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad