राजनीति


नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः अल्छी सरकारको बासी कार्यक्रम

नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः अल्छी सरकारको बासी कार्यक्रम

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार २०:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले थाकेको अल्छी सरकारले बासी नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन्।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका छन्। उनले विगतका सरकारले ल्याएको तर फेल भइसकेका कार्यक्रमहरु सरकारले दोहोर्‍याएको बताए।

उनले नीति तथा कार्यक्रमलाई हावादारी कार्यक्रमको संज्ञा दिए। उपसभापति वाग्लेले संसारमा भएका विभिन्न परिस्थितिप्रति सरकार बेखबर जस्तो भएर नीति तथा कार्यक्रम ल्याएको बताए। उनले राष्ट्रपतिको स्वास्थ्यलाई ख्याल गरेर सरकारले छोटो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको भन्दै व्यङ्ग्य गरे।

उनले भने, ‘एकदमै थाकेको अल्छि सरकारले ल्याएको बासी कार्यक्रम हो। सबै फेल भइसकेका कार्यक्रमहरु दोहोर्याएएको छ। भूमि बैंकदेखि लिएर अन्य। नयाँ कुरा केही पनि छैन। अहिलेका प्रधानमन्त्रीज्यू २०७४ सालमा दुई तिहाइ सरकारको नेतृत्व गर्दै कम्तीमा पनि हावादारी कार्यक्रमहरुको पनि इम्याजिनेशन थियो क्या कल्पनाशिलता थियो, अहिले त हावादारी कार्यक्रमको पनि कल्पनाशितला देखिएन।’

उपसभापति वाग्लेले थपे, ‘यत्रो उथलपुथल भइरहेको छ, प्रशान्त महासागरको टापु जस्तो हामी चाहीँ देश दुनियाँमा के के भइरहेको छ भन्ने बारे कम्ल्पिएट्ली निरपक्ष अनभिज्ञनै भएर ल्याइएको जस्तो। अलगै दुनियाँमा छौँ जस्तो केही मतलवै छैन जस्तो भाछ। यसपाली मलाई खुशी चाहिँ के लागेको छ भने पोहोर २ सय भन्दाबढी बुँदा राखेर विचरा बिरामी राष्ट्रपतिलाई सकस दिएको थियो यसपाली उहाँको सुस्वास्थ्यको ख्याल राखेर अलि छोटो ल्याउनु भयो राम्रो पक्ष त्यतिमात्रै हो।’

सांसद वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा आगामी सोमवारको संसद बैठकमा आफ्नो कुरा राख्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad