प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले चीनबाट स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताका दोषी दण्डित नभएसम्म प्रश्न उठाउन नछाड्ने बताएका छन्।
देश कोरोना भाइरस (कोभिड १९) महासंकटको अवस्थामा पनि धिनलाग्दो कृत्य भएको भन्दै यसको बारेमा प्रश्न उठाउन रोक्न नहुने बताएका छन्। उनले आफूहरुले यसलाई क्षणिक रुपमा उठाएको नभइ कारबाही प्रक्रिया अगाडि नबढुञ्जेल नरोक्ने बताए।
‘स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं’, सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्, ‘दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौं।’
उनले कोराना भाइरसको महामारीबाट बञ्न सरकारले चैत २५ सम्मलाई लकडाउनको घोषणा गरेको छ। त्यसपछि के गर्ने भन्ने सरकारसँग कुनै योजना नभएको उनको भनाइ छ। ‘सरकार चैत्र २५ पछिको हाम्रो रणनीति र योजना के?’, उनले लेखेका छन्।
— Gagan Thapa (@thapagk) April 2, 2020महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य!
स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दाेषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडाैं।
दिन ढल्याे,कुरा बिर्सियाे हुन हामी कदापि दिने छैनाैं।
संगैमा याे प्रश्न पनि गरौं-
सरकार! चैत्र २५पछिको हाम्रो रणनीति र योजना के?
प्रतिपक्षी दल कांग्रेसले सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्ष्याउदा भ्रष्टाचार गरेको भन्दै विरोध गर्दै आएको छ।

प्रतिक्रिया