डब्लुएचओले कोरोनाविरुद्धको औषधि र खोप निर्माणमा विश्वभरका देशले राम्रो काम गरिरहेको जानकारी गराउँदै हालसम्म ७४ देशले कोरोनाविरुद्धको खोप परीक्षण गरिरहेको जनाकारी दिएको हो।
हाल चीन, युरोप र अमेरिकाले कोरोनाको खोप परीक्षण गरेको खबरहरु सार्वजनिक भएको छ।
यसबीचमा डब्लूएचओले खोप परीक्षणमा एकताको पहल गरेको छ। ७४ देशले डब्लूएचओको पहल स्वीकार गरेको छ भने उनीहरुले खोप परीक्षण पनि गरिरहेका हुन्।
दुईसय जना कोरोना संक्रमितमा खोपहरु परीक्षण भएको र त्यसको नतिजा आउन बाँकी रहेको डब्लूएचओले बताएको छ। नतिजासँगै कुन औषधि कोरोनाविरुद्ध प्रभावकारी रहेछ भन्ने थाहा हुनेछ।
बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै डब्लूएचओका प्रमुख डाक्टर टेडरोस एडह्यानम गेब्रिएसुसले आउँदो केही दिनमै विश्वमा कोरोना संक्रमित १० लाख पुग्ने र यस भाइरसका कारण ५० हजारको मृत्यु हुने चेतावनी दिए।
तीन महिना अगाडि कोभिड १९ को बारेका केही थाहा नभएको विश्वले कोरोनाको प्रभाव थाहा पाइसकेको र यसबाट बच्ने उपाय अबलम्ब सबै देशले गर्नुपर्ने गेब्रिएसुसले बताएका छन्।
यसैबीच डब्लुएचओ, विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्।
डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

प्रतिक्रिया