राजनीति


पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, अब त्यस्तो हुँदैन : गृहमन्त्री लेखक

पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, अब त्यस्तो हुँदैन : गृहमन्त्री लेखक

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १२:१२, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने भन्दै १० महिनामै परिवर्तन नहुने बताएका छन्।

बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहेको भए पनि अहिले त्यस्तो नहुने दाबी गरे।

‘म मन्त्री बनेको १० महिना भइसक्यो, फेरि १० महिना धेरै पनि होइन,’ लेखकले भने, ‘धेरै यसकारण होइन की पहिला पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो। यसपालि दशै महिनामा फेरिँदैन। यस्ता १० महिना हामी तीन/ चार वटा अरु व्यहोर्छौं।’


गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानुनलाई पूर्णता दिएको समेत बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad