राजनीति


गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार २३:४२, काठमाडौँ

भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्। 

भैँसेपाटीस्थित मन्त्री निवासमा पुगेर कोश्यारीले मन्त्री लेखकसँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी दिएको छ। 

भेटमा मन्त्री लेखकले भारतको  जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारेका छन्। 

आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। 

भेटका अवसरमा भाजपा नेता कोश्यारीले नेपाल र भारतबिच सदियौदेखि सम्बन्ध रहेको बताए। उनले दुई देशबिचको सम्बन्ध थप मजबुत गर्दै लैजानेमा जोड दिएको पनि मन्त्री लेखकको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad