राजनीति


विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर्मकाण्डीः प्रकाश ज्वाला

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर्मकाण्डीः प्रकाश ज्वाला

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १७:२८, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा सामान्य, कर्मकाण्डी भएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय केही छाँटकाँट गरेर प्रश्तुत गरिएको आरोप लगाएका हुन्। 

उनले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्ताको तस्तै फोटोकपीको रुपमा आएको छ। दुई वटा दस्तावेज ल्याउनै पर्दैनथ्यो। केही छाँटकाँट गरेर यहाँ प्रस्तुत गरिएको छ। बजेटका प्राथमिकताहरु बजेट कस्तो आउँछ भन्ने हुनुपथ्र्यो तर त्यसो हुन सकेन। र, एउटा सामान्य फेरि पनि कर्मकाण्डी ल्याउनै पर्ने हो भन्ने हिसावले आएको छ।’

उनले सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरिपनि भुँइमान्छे र आधारभूत वर्गको पक्षमा आउने विश्वास गर्न नसकिने स्पष्ट पारे। 

सांसद ज्वालाले नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा बजेट फेरिपनि दलाल, भूमाफिया, कालाबजारी र सम्पूर्ण रुपमा दलाल पुँजीपतिको हित र स्वार्थमा केन्द्रित भएर आउनसक्ने दाबी गरे। 

बजेटका प्राथमिकताहरु हेर्दा उत्साह, उर्जा र जनमुखी या उत्पादन र रोजगारी सिर्जना गर्ने खालको आउँछ भन्ने नदेखिएको उनको भनाइ थियो ।

उनले बजेटले आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासलगायतका विविध विषयमा सम्पूर्ण स्रोत साधन र सामथ्र्यको परिचालन गर्नु जरुरी रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad