राजनीति


साँझ ६ बजे बस्ने गरी सिंहदरबारमा सारियो मन्त्रिपरिषद् बैठक

साँझ ६ बजे बस्ने गरी सिंहदरबारमा सारियो मन्त्रिपरिषद् बैठक

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १०:३९, काठमाडौँ

मन्त्रिपरिषद् बैठक बुधबार साँझ ६ बजेका लागि सारिएको छ।

यसअघि आज राति ८ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए। 

प्रधानमन्त्रीको सचिवालयले बुधबार साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठक आह्वान भएको जानकारी दिएको छ। 

सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो। मन्त्रिपरिषद् बैठकअघि सिंहदरबारमै लगानी बाेर्डकाे बैठक पनि आह्वान भएकाे छ।

आजको सिंहदरबारमा बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ। 

समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ।  

प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमति भइसकेको छ। पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad