राजनीति


एनआरएनएमा केसी नेतृत्वले अक्टोबरसम्म पाउने वैधानिक अधिकार छ: प्रधानमन्त्री

एनआरएनएमा केसी नेतृत्वले अक्टोबरसम्म पाउने वैधानिक अधिकार छ: प्रधानमन्त्री

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १४:६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली संघ (एनआरएनए) मा डा. बद्री केसी नेतृत्वको ११ औँ कार्यसमितिलाई आगामी अक्टोबरसम्म काम गर्न पाउने वैधानिक अधिकार रहेको बताएका छन्।  बुधबार काठमाडौँमा एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ को उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले केसी नेतृत्वको कार्यसमितिलाई सहमति र एकताको वातावरण बनाउन निर्देशन दिएका हुन्। 

'यो विधिको जमाना हो, यो प्रकृयाको जमाना हो तर यहाँ त स्वेच्छाचारिता हाबी भयो यो गलत छ। विधिसम्मत कुरामा प्रधानमन्त्रीको हैसियतमा मेरो र अरु सबैको पनि साथ रहन्छ,' उनले भने, 'हालै निर्वाचित कार्यसमिति २०८२ सालको कार्तिक ४ गतेसम्म वैध र जिम्मेवार छ । अदालतको पूर्ण बेञ्चमा पुगेको मुद्दाको फैसलाको सार पनि यही हुनुपर्छ।'

डायस्पोरालाई आफ्नो हितका लागि प्रयोग नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर नेपालमा राजनीति गर्न नहुने बताए। उनले भने,'विदेशमा राजनीति नगर्नुस्। आपसी चिनजान, संस्कृति आदानप्रदान, भेटघाट, हकअधिकार प्राप्ति र सुरक्षाका निम्ति संस्था निर्माण र सञ्चालन गर्नुहोस्। सङ्कीर्ण सोच र प्रवृत्तिले एकता आउँदैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad