राजनीति


गणतन्त्र पलभरमै ढाल्न सकिन्छः राजेन्द्र लिङदेन

गणतन्त्र पलभरमै ढाल्न सकिन्छः राजेन्द्र लिङदेन

नेपालखबर
जेठ १२, २०८२ सोमबार १७:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्। शान्तीपूर्ण र अहिंसात्मक बाटोबाटै आफूहरूले परिवर्तन खोजेको अध्यक्ष लिङ्देनको भनाइ छ।

उनले भारतमा १ सय ९० वर्ष पुरानो ब्रिटिश शासन अहिंसात्मक आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै नेपालमा पनि जनताले शान्तिपूर्ण तर व्यापक आन्दोलन गरे यो व्यवस्था पलभरमै ढाल्न सकिने दाबी गरे।

उनले सत्तामा रहेका केही व्यक्तिहरूले आफ्नो व्यक्तिगत फाइदाको लागि देशको आर्थिक, सामाजिक र शान्तिसुरक्षा अवस्थालाई नाजुक बनाएको आरोप लगाए।

अध्यक्ष लिङ्देनले भने, ‘भारतमा १ सय ९० वर्ष पुरानो ब्रिटिस शासन अहिंसाकै बाटोबाट अन्त्य भएको थियो। यो नाथे गणतन्त्रण दुई वर्ष पुगेको छैन। शान्तीपूर्ण ढंगले हामी लाखौँ जनता सडकमा आयौँ भने क्षणभरमै समाप्त हुन्छ।’

उनले देश लुटेर बसेका केही मान्छेहरू बाहेक सबैको मनमा देशको अवस्था ठिक नभएको रहेको टिप्पणी गरे। अध्यक्ष लिङ्देनले देश बिग्रिए नेताहरूको केही बिग्रिने नभई युवाहरूको भविष्य बर्बाद हुने टिप्पणी गरे।

यो देशको भविष्यसँग आजका युवाहरूको भविष्य समेत जोडिएको उल्लेख गर्दै अध्यक्ष लिङदेनले देश बिग्रिन लागेको जानकारी गराउन युवाहरूलाई आमन्त्रण गरिएको बताए।

उनले भने, ‘यो देश बिग्रियो भने केपी ओलीको के बिग्रिन्छ? शेरबहादुर देउवाको के बिग्रिन्छ होला? प्रचण्डको के बिग्रिन्छ होला? यदि यो देश बिग्रियो भने तपाई युवाको भविष्य बिग्रिन्छ। यो देशको भविष्यसँग आजका युवाको भविष्य गाँसिएको छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलवारदेखि संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको माग राख्दै अनिश्चितकालिन आन्दोलन गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad