कारोबार


कुल जीडीपीमा यो वर्ष धेरै योगदान गर्ने बागमती, सबैभन्दा कम कर्णालीको, कुनको कति?

कुल जीडीपीमा यो वर्ष धेरै योगदान गर्ने बागमती, सबैभन्दा कम कर्णालीको, कुनको कति?

नेपालखबर
जेठ १२, २०८२ सोमबार १८:६, काठमाडौँ

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रदेशहरूले गर्ने योगदानको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मूल जीडीपीमा बागमती प्रदेशले सबैभन्दा बढी ३६.५२ प्रतिशत र कर्णालीले सबैभन्दा कम ४.१९ प्रतिशत योगदान गर्ने प्रारम्भिक अनुमान गरिएको हो।

सार्वजनिक ताजा प्रतिवेदनअनुसार उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएकोमा कर्णाली सबैभन्दा पछाडि देखिएको छ। 

जीडीपीमा उक्त दुईबाहेक कोशी प्रदेशले १५.९० प्रतिशत, लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत, मधेश प्रदेशले १३.१६ प्रतिशत, गण्डकी प्रदेशले ८.९८ प्रतिशत र सुदूरपश्चिम प्रदेशले ७.०३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ। 

गत वर्षको तुलनामा जीडीपीमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने मधेश र बागमती प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ । 

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक जीडीपीको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशको ५.५१ प्रतिशत र त्यसपछिको धेरै बागमती प्रदेश ५.१८ प्रतिशत देखिन्छ।

सबैभन्दा थोरै वृद्धिदर सुदूरपश्चिम प्रदेश ३.३२ प्रतिशतमा हुने प्रारम्भिक अनुमान छ। स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान छ। 

आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८१/८२ सम्मको अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad